विशेष समाचार

बंगलाचुलीमा पोषण सम्बन्धि सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न
बंगलाचुलीमा पोषण सम्बन्धि सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न
दाङको तुलसीपुरमा अटो व्यवसायीमाथी खुकुरी प्रहार
दाङको तुलसीपुरमा अटो व्यवसायीमाथी खुकुरी प्रहार
प्रतिष्ठानमा विशेषज्ञ चिकित्सक थपिदै अझ धेरै सुबिधायुक्त बन्दै प्रतिष्ठान
प्रतिष्ठानमा विशेषज्ञ चिकित्सक थपिदै अझ धेरै सुबिधायुक्त बन्दै प्रतिष्ठान

पोस्ट सूची

पोस्ट स्लाइडर

स्वास्थ्य

दाङ्गको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा थपियो अनुहारको शल्य चिकित्सा सेवा
दाङ्गको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा थपियो अनुहारको शल्य चिकित्सा सेवा


घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुख तथा अनुहारको शल्य चिकित्सा सेवा शुरु भएको छ । साविक राप्ती अञ्चलमै पहिलो पटक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा शुरु गरिएको प्रतिष्ठानले जनाएको छ ।

मुख तथा अनुहार शल्य चिकित्सक लेक्चरर डा. निरोज खनालको नेतृत्वमा मुख तथा अनुहारको शल्य चिकित्सा सेवा शुरु भएको हो । डा. खनालले दाँतको सेवासँगै मुख तथा अनुहारको शल्य चिकित्सा सेवा शुरु भएको जानकारी दिनुभयो । उहाँले कस्मेटिक सर्जरी, अनुहारको सिस्ट ट्युमरको उपचार, मुख तथा अनुहारको क्यान्सरको निदान, परामर्श र बायोप्सी, ओठ तथा तालु चिरेको फेसियल क्लेफ्ट, दुर्घटनाका कारण अनुहारको हड्डी बिग्रिएको उपचार, अर्थोग्नाथोक सर्जरी तथा अनुहारको जोर्नी सम्बन्धी सम्पूर्ण उपचार शुरु भएको जानकारी दिनुभयो ।

डा. खनालले दाँतको सबै उपचारसमेत भइरहेको जानकारी दिनुभयो । दाँत निकाल्ने, दाँत भर्ने, सफा गर्ने, बांगो टिङ्गो मिलाउने, तार बान्ने लगायतको सेवासँगै मुख तथा अनुहारको शल्य चिकित्सा सेवा पनि प्रतिष्ठानमा शुरु भएको हो । ‘दाँतको सबै सेवा थियो, अब मुख तथा अनुहारको शल्य चिकित्सा सेवा शुरु भएको छ’– उहाँले भन्नुभयो– ‘साविक राप्तीमै प्रतिष्ठानमा पहिलोपटक सेवा शुरु भएको हो, अब मुख तथा अनुहारको शल्य चिकित्साका लागि बाहिर जाने बाध्यता हटेको छ ।’ उहाँले दाँतको एक्सरे, हड्डीको सिटी स्कृनिङलगायतको सुविधा भएको कोन विम सिटी उपकरण ल्याउने तयारी समेत भएकोले उपचारमा थप सहज हुने बताउनुभयो ।

दन्त विभागमा रहेको जनशक्तिले मुख तथा अनुहारको शल्य चिकित्सा सेवा पनि दिने छ । जसका लागि दुईजना कन्सल्टेन्ट, दुईजना मेडिकल अफिसर, एकजना असिस्टेन्ट र दुईजना हेल्परको टिम छ । दैनिक ४०–५० जना दन्त विभागमा जाने बिरामीमध्ये ५–१० जना मुख तथा अनुहारको शल्य चिकित्सा सेवा लिने रहेको डा. खनालले जानकारी दिनुभयो । उहाँले भर्खरै अनुहारको तल्लो हड्डी दुई ठाउँबाट भाँचिएको दुर्घटनाका बिरामीको तीनवटा टाइटानियम प्लेट राखेर दुई घण्टा भन्दा लामो शल्यक्रिया गरी निको गराएर पठाएको पनि जानकारी दिनुभयो । साथै अनुहारमा चोट लागेर रगत जमेको विरामीको पनि जमेको कालो रगत निकालेर उपचार गराई निको गराएर पठाएको जानकारी दिनुभयो । ‘सेवा शुरु भएको छ । बिरामी आउने क्रम पनि बढेको छ’– उहाँले भन्नुभयो– ‘हामी कहाँ कस्मेटिक सर्जरी पनि छ । लेजर विधिबाट दाग हटाउने लगायतका सेवा पनि दिन शुरु गरेका छौं ।’ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाई शुरु भएसँगै उपचार सेवा पनि विस्तार भइरहेको छ ।

बंगलाचुलीमा पोषण सम्बन्धि सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न
बंगलाचुलीमा पोषण सम्बन्धि सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न
दाङको तुलसीपुरमा अटो व्यवसायीमाथी खुकुरी प्रहार
दाङको तुलसीपुरमा अटो व्यवसायीमाथी खुकुरी प्रहार
प्रतिष्ठानमा विशेषज्ञ चिकित्सक थपिदै अझ धेरै सुबिधायुक्त बन्दै प्रतिष्ठान
प्रतिष्ठानमा विशेषज्ञ चिकित्सक थपिदै अझ धेरै सुबिधायुक्त बन्दै प्रतिष्ठान

अर्थतन्त्र

ताजा खबर

रुकुम पश्चिममा गाडी दुर्घटना हुदा आठ जना घाईते ।

रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ११ रिठा नजिकै बस दुर्घटना भएको छ । काठमाडौँबाट राडी तर्फ गइरहेकाे प्रदेश ३-०१-००५ ख ९९६६ नम्बरकाे बस शनिबार...

दाङ्गको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा थपियो अनुहारको शल्य चिकित्सा सेवा

घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुख तथा अनुहारको शल्य चिकित्सा सेवा शुरु भएको छ । साविक राप्ती अञ्चलमै पहिलो पटक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...

अमेरिकामा पनि नेपाली चलचित्र पुर्ण बहादुरको सारङ्गी हेर्न लाग्यो दर्शकहरुको घुईचो

अमेरिकाको टेक्सास स्तिथि हर्कहाईटमा नेपाली चलचित्र पुर्ण बहादुरको सारङ्गी हेर्न नेपालिहरुको उल्लेखनीय उपस्थित रहेको थियो । उहाहरुका अनुसार अन्य नेपाली चलचित्रहरु मध्य सबै भन्दा उत्कृष्ट...

बंगलाचुलीमा पोषण सम्बन्धि सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न

कमिरेचौर ५ असोज । दाङको बंगलाचुलीमा पोषण मार्फत जिवन रुपान्तरण परियोजना अन्तर्गत पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति तथा सरोकारवालासँग बैठक तथा छलफल...

अखिल क्रान्तिकारी दाङद्वारा प्रमाण-पत्र शुल्कमा अनियमितताप्रति कडा आपत्ति, चार दिने अल्टिमेटम

तुलसीपुर - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) दाङ जिल्ला समितिले तुलसीपुर उपमहानगरपालिकाभित्रका विभिन्न संस्थागत तथा सामुदायिक विद्यालयहरूले प्रमाण-पत्र स्थानान्तरण शुल्कको नाममा तोकेको अत्यधिक...