सल्यान । सल्यानमा श्रीमान-श्रीमती मृत अवस्थामा फेला परेका छन् । सल्याको बनगाड कुपिण्डे नगरपालिका-४ देउलीमा बुढाबुढी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
अन्दाजी ३४ वर्षीय मनोज बुढा झुन्डीएको अवस्थामा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढाको टाउको काटिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले जानकारी दिनुभयो ।
उक्त घटना श्रीमानले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको धमलाले जानकारी दिनुभयो । मनोज आफ्नै घर पछाडी झुण्डिएको अवस्थामा फेला परेका छन् भने कमलाको घाँटीमा धारिलो हतियार प्रयोग भै शरिर एकातिर र टाउको अर्कोतिर रहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान प्रहरी प्रमुख डीएसपी नविक कार्कीको नेतृत्वले घटनास्थलमा पुगेर गरिरहेको छ ।