प्रेमबहादुर राम्जा
दाङ, १ जेठ । दाङ्गको बबई नदिमा पौडी खेल्ने क्रममा दुई दाजुभाईको निधन भएको छ । बबई गाउँ पालिका ७ ओदाले घाटमा पौडी खेल्ने क्रममा निधन भएको हो ।
दुई दाजुभाई ओदालेमा रहेको फुपुको घरमा बुवा-आमासङ्गै हिजो भारतबाट आएको स्थानीयले बताएका छन । ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरिक्षक अजयजङ्ग थापाका अनुसार १८ बर्षका दिपक परियारलाई उद्वार गरेर अस्पताल पठाएको र उपचारका क्रममा तुलसीपुरमा निधन भएको बताउनुभयो । यस्तै १६ बर्षका दिपेश परियारको बबई नदिबाट शब निकालेको प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो ।
मृतकका परिवार कामको शिलशिलामा भारत बस्ने गरेको जनाइएको छ । शबको पोस्टमाटम गर्नका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाएको प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो ।