घोराहि, जेठ ९ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकहरु थपिदै गएका छन् । यसैक्रममा लमही ५ निवासि डा. निरोज खनाल प्रतिष्ठानको दन्त विभागवाट आफ्नो सेवा सुरु गर्नु भएको छ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट एमडि सक्नु भएका खनाल वुधवारदेखी प्रतिष्ठानमा आई सेवा सुरु गर्नु भएको हो । डा. खनालले अनुहारमा हुने सबै खालका फ्याक्चर(चोटपटक)को उपचार प्रतिष्ठानवाट प्राप्त गर्न सकिने बताउनु भयो । खनाल oral and maxillofacial surgery मा विशेषज्ञ चिकित्सक हुनुहुन्छ ।