पुष्पा के सि । आज हाम्रो अफिसमा बुद्ध आउनु भो ।भोक लागेको छ भन्नु भो ,मैले प्रतिक्षा मीसले ल्याईदिएको ३ वटा पलम दिए ।अनि भने,
मःप्रभु कोक खाने?
बुद्धःकोक त खान्न
मःवाईवाई चाउचाउ खाने त?
बुद्धःबनाउनेले त नखाने चाउचाउ, मैले के खानु?
मःगर्मी छ,खर्बुजा खाऔँ न त प्रभु
बुद्धः खान्न , सुई हानेको होला ।
मःके खाने त बुद्ध?
बुद्धःम केही खान्न,मैले खाने तिमीहरुले दिनै सक्दैनौ ।
मः के के खानु हुन्छ र?
बुद्धः म सत्य वचन मात्र खान्छु,ईमान्दारीता खान्छु,प्रेम खान्छु,
छ र तिमीहरुसँग?
मःत्यो त तपाईलाई दिने जति छैन प्रभु,अलि अलि बाँकी छ,
यहाँ आउनेहरुलाई देखाउन चाहिन्छ ।
बुद्धःत्यसो भए बरु यसो गर,मलाई जापान पठाउ,tokyo जानुछ ।
मःहामी tokyo बाहेक अन्त गर्दैनौ प्रभु,तर हजुर चै tokyo नै किन ?
बुद्धःत्यहाँ एक जनाले मेरो छाता चोरेर भागेको छ,त्यसलाई २/४ वटा उपदेस सुनाउनु छ ।
मैले हाँसेर भने,ए रतन कार्की..?
उम् केटो काँचै छ,उपद्रो गर्दैछ,गएर यसो उपदेस दिनुपर्यो अनि २/४ पैसा पनि कमाएर आउनुपर्यो
मैले भने तपाईलाई पनि पैसा चाहिन्छ र?
बुद्धःस्वर्गबाट पृथ्वीको visit भिसामा प्लेनमा free मा आईयो ।अहिले फर्किन खोज्दा टिकट माग्छ ।म भगवान हुँ भनेको id देखाउनुस् पो भन्छ ।टिकट किन्न गाको पृथ्वीमा त महँगीले सिमा नाघेछ ।अनि सोचे id card बनाउनु भन्दा पासपोर्ट बनाउछु र विदेस जान्छु अनि २/४ पैसा कमाएर स्वर्ग जानुपर्यो ।यहाँ त बस्नै गारो भयो ।
माया मीसले भन्नु भो,ल ल बुद्ध ब्रो,भोली document लिएर आउनुहोला ।
बुद्धले भन्नुभयो,मेरो डकुमेन्ट त भारतको बोधगयामा छ त ।मागेको पैसा चाहिन्छ डकुमेन्ट लान त भन्छन् ।जता हो पैसै चाहिने
मैले भने डकुमेन्ट त चाहिन्छ बुद्ध नत्र माया कराउछिन्
बुद्धले भन्नु भो ,तिमीहरु माया मोह भन्छौ र त फस्छौ ।मलाई चै tokyo पठाउ है जसरी नि …म भोलीदेखि class लिन आउछु ।
आज बुद्ध जयन्तीको अवसरमा बुद्ध लगायत सबैमा शुभकामना !