जेठ ११,सल्यान । लागु औषध ब्राउन सुगुर सहित सल्यान प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । छत्रेश्वरी गाउँपालिका ६ लान्तिबाट शंखमुखल जादै गरेको रा ५ प ४९५० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा छत्रेश्वरी गाउँपालिका ६ कल्लेखोलाबाट ६० मिलिग्राम ब्राउन सुगुर सहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका ६ लान्तिका मोटरसाइकल चालक २० वर्षीय पाण्डव गिरी र शोही मोटरसाइकलको पछाडी सवार शारदा नगरपाकिला २ का १८ वर्षीय डिप्लव थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो ।
दुवैलार्ई लागु औषध सम्बन्धी कसुरमा सल्यान जिल्ला अदालतबाट चार दिनको म्यादथप गरी अनुसन्धान बढाइरहेको उहाँको भनाई छ ।