२०८० सालको एसईई परिक्षामा शान्तिनगर गाउँपालिका वडा नम्बर ३ स्थित अमृत बिद्या मन्दिरकी छात्रा स्वइच्क्षा पाण्डे र मिड वैष्ट प्वाइन्ट एकाडेमी खैरेनिका छात्र संदिप चौधरीले समान ३.८३ जिपिए ल्याएर शान्तिनगर गाउँपालिकामै उत्कृष्ट बनेका छन। शान्तिनगर गाउँपालिका अन्तरगत सामुदायिक र संस्थागत गरि १३ बिद्यालय बाट ३ सय ८४ बिद्यार्थी एसइइमा सहभागी भएका थिए। सहभागी मध्य २ सय ५३ बिद्यार्थी उत्तीर्ण भएका छन्।
मिड वैष्ट प्वाइन्ट एकाडेमीका प्रीन्सिपल वीर बहादुर घर्ती र अमृत बिद्या मन्दिरका प्रीन्सिपल पवन कंडेलले आफ्नो बिद्यार्थी शान्तिनगर गाउँपालिका भित्र सहभागी बिद्यार्थी मध्य सबैभन्दा बढी जिपिए ल्याइ उत्कृष्ट बनेकोमा खुसी भएको बताउँदै आगामी एसइईमा जिल्लामै उत्कृष्ट नतिजा ल्याउने गरि पठनपाठन सञ्चालन गर्ने बताउनुभएको छ ।
स्वइच्क्षा शान्तिनगर ४ चिराघाट निवासी हुन भने संदिप वडा नम्बर ५ रंगैजा निवासी हुन उनी हरु दुबै जनाले साइन्स बिषय लिइ उच्च शिक्षा अध्यन गर्ने तयारी गरिरहेको बताएका छन्। उता शान्तिनगर गाउँपालिका जिल्लामै एसइइ नतिजामा ६५.८८ प्रतिशत ल्याइ दोस्रो स्थानमा रहेको छ ।