दाङको तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको गोठी खोलाले बगाउँदा एक जना५१ बर्षिया महिलाको मृत्यु भएको छ । सोहि वडाकि स्थानिय रानागाउँ बस्ने ५१ वर्षीय ताराकुमारी गुरुङको खोला पार गर्ने क्रममा बगेर मृत्यु भएको हो ।
उक्त शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुरमा राखिएको त्यहाका वडा अध्यक्ष विरबहादुर विश्वकर्माले बताउनुभयो । वडा अध्यक्षका अनुसार खेतमा काम गर्दै गर्दा सोच गर्न खोला किनारमा गएको समयमा एक्कासि आएको बाढीले बगाउँदा महिलाको मृत्यु भएको हो । अविरल वर्षाका कारण खोलामा बाढी आएको छ ।