रोल्पाको लिबाङमा धारिलो हतियार चक्कु प्रहारबाट एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कपिलबस्तु घर भइ रोल्पा नगरपालिका–४ खाद्य टोलमा शनि ग्यारेज संचालन गर्दै आएका २९ बर्षिय शनि भनेर चिनिने सुनिल पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार शनिबार राती ९ बजेको समयमा सुनिलसहित सोही ग्यारेजमा काम गर्ने थवाङका १६ वर्षीय अनिल पुनमगर र दाङको राप्ती गाउँपालिका–१ पाखापानि घर भई अहिले रोल्पा नगरपालिका–४ मा नेपाल अटो वर्कशप संचालन गर्दै आएका ३३ वर्षीय कृष्ण बहादुर अधिकारीमाथी चक्कु प्रहार भएको हो ।