दाङ २९ श्रावण । दाङको तुलसीपुरमा अटो व्यवसायीमाथी खुकुरी प्रहार भएको छ । अटो भाडाको विषयलाई लिएर तुलसीपुर–६ का अटो चालक विजय श्रेष्ठमाथी आज बिहान ९ बजेको समयमा धारिलो हतियार खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । तुलसीपुरको कालिका मन्दिरबाट अटोमा चडेर यातायात व्यवस्था कार्यालय गाइडहर गएका तुलसीपुर–९ का रामशरण बैस्यले ५० रुपैयाँ भाडा दिन नमानेपछी सामान्य विवाद भएको थियो ।

सोही विवादलाई लिएर यात्रुका रुपमा गएका बैस्यले दोस्रो व्यक्तीलाई लगाएर अटो चालकमाथी खुकुरी प्रहार गर्न लगाएको प्रहरीले जनाएको छ । यसरी दिनदहाडै अटो व्यवसायीमाथी खुकुरी प्रहार हुदा तुलसीपुरको सुरक्षा व्यवस्थामाथी नै ठुलो प्रश्न चिन्ह खडा भएको छ ।

तुलसीपुरको यातायात व्यवस्था कार्यालयको गेट अगाडी दिउँसै खुकरी प्रहार हुदा अटो व्यवसायीलगाएत सबैलाई त्रसित बनाएको भन्दै दोसीलाई कडा कारवाही हुनुपर्ने यातायात प्रालिहरुले माग गरेका छन् । अटो भाडामा चित्त नबुझे कानुनी उपचारको बाटो खुल्ला हुदाहुदै अटो व्यवसायीमाथी नै ज्यान मार्ने उदेश्यले आक्रामक तरिकाले खुकुरी प्रहार हुनु दुखद पक्ष भएको नमस्ते एकता यातायात प्रालिका अध्यक्ष रोमहर्स केसीले बताउनुभयो । एउटा व्यवसायीमाथी खुकुरी प्रहार हुनु भनेको सिङ्गो व्यवसायीमाथी दमन भएको भन्दै दोसीलाई आवश्यक कारवाही हुनुपर्ने उहाँले बताउनुभयो ।

By Hari Kc

Leave a Reply

Your email address will not be published. Required fields are marked *