तिमी आउनु पर्छ
बिहानिको घामको ज्योति झै भइ तिमी आउनु पर्छ
तिमी आउनै पर्छ
तिम्रै पर्खाइमा छ यो देश ।
परिवर्तनको सुनामी बोकेर आउनु पर्छ ,
बिक्रीतिको विरुद्धमा आवज उठाउन
जुनको सितल्ता ल्याउनु पर्छ
तिमिले बोकेर शान्ति ।
आश तिम्रै छ भर तिम्रै छ ।
बृद्धबाआमा देखि भर्खर जन्मेका नवजात शिशु तिम्रै पर्खाइमा छन्
अरु को को छन् तिम्रो पर्खाइमा तिमी आफै थाहा पाउछौ
साच्ची म भन्छु , तिमिलाई आज
जननी जन्मभुमि समेत तिम्रो पर्खालमै छिन ।
तिमी सुतेको भए उठेर आउ
तिमी उठेको भए दौडेर आउ ।
किनकी यो जन्मभुमि तिम्रै पर्खाइमै छिन ।
बाको टोपी लिएर आउ
आमाको चोली लिएर आउ
श्रीमातिको शोभा लिएर आउ
छोराछोरी र सिंगो देशको भविष्य लिएर आउ ।
गुलामी को इतिहास कतै छैन आज सम्म
स्वाभिमानको इतिहास छ , याद गर ।
फेरि बुद्ध बनेर आउ यो देशमा
यहाँ धेरै अशान्ती भयो, शान्ति लिएर आउ
बिन्ती एक पटक यो देशमा आउ ।
पृथ्वीनारायण बनेर आउ यो देशमा
यहाँ फेरि देश भागबन्डा भयो ,
एकीकरण गर्न आउ
बिन्ती एक पटक , यो देशमा आउ ।
फेरि महेन्द्र बनेर आउ यो देशमा
यहाँ धेरै राजनीति , भ्रष्टाचार ,भयो
बिन्ती एक पटक , यो देशमा आउ ।
फेरि बलभद्र बनेर , आउ यो देशमा
यहाँ दादागिरी धेरै भयो , छिमेकीको
बिन्ती एक पटक , यो देशमा आउ ।
फेरि कृष्णलाल बनेर , आउ यो देशमा
भ्रष्टहरुको विरुद्ध कलम चलाउन
बिन्ती एक पटक , यो देशमा आउ ।
तिमीहरु आए , तयार छन जनता साथ दिन
बिन्ती एक पटक , यो देशमा आउ ।
त्यसैले तिमी आउनै पर्छ
तिम्रै पर्खाइमा छ , यो देश ।
मेरो पुस्ताको एक जना मात्रा
आए पुग्छ देशलाई
बुद्ध , पृथ्वीनारायण , महेन्द्र , बलभद्र
,कृष्णलाल बनेर ।
एक जनाले साहस गरौं
भेट्ने छ यो युगको गति
फेरिनेछ देशको मुहार ।।