शान्तिनगर ३,पुस । आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थला परेका शान्तिनगर गाउँपालिका वडा नं ४ का गणेश परियारको अवस्था बुझ्न शान्तिनगर गाउँपालिकाको नेतृत्वमा अध्यक्ष प्रमोद बस्नेत र उपाध्यक्ष प्रेमा बस्नेत सहितको टोलि आज उनको घरमै पुगेको हो ।

गणेश परियार लामो समयदेखि आर्थिक समस्याका कारण उपचार गराउन नसकी घरमै थला परेर बसेका थिए । अध्यक्ष बस्नेतले आफुले सकेको सहयोग गर्दै अन्य दिनमा आवस्यक सहयोगका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन ।

सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष बस्नेतले भने, गाउँपालिकाको जिम्मेवारी भनेको विपन्न र समस्याग्रस्त जनतालाई साथ र सहयोग गर्नु हो। गणेशजीको उपचारमा कुनै कमी हुन नदिन हामीले सक्दो सहयोग गर्नेछौं । उपाध्यक्ष बुढाथोकीले पनि समाजसेवाका यस्ता कार्यलाई गाउँपालिकाले आगामी दिनमा अझ प्राथमिकताका साथ अघि बढाउने बताउनु भएको हो ।

+1

By Hari Kc

Leave a Reply

Your email address will not be published. Required fields are marked *