परिवर्तन गा. पा. वडा न ३ का वडा अध्यक्ष खिम बिक्रम चन्द को अध्यक्षतामा सुरु भयको कार्यक्रम को प्रमुख आथीती जन्ता मा . बी . बाग्मारा रोल्पा का प्र.अ . जय कुमारा बुढा रहानु भएको थीयो । कार्यक्रम मा श्री राष्ट्रिय मा . बी का प्र. अ .मीन बहादुर डागी , बाल शिक्षा मा बी . का नी .प्रअ दील बहादुर परीयार ,वडा सदस्य हुमा कुमारी शर्मा , वडा सचीब नवीन वली , केवरी स्वास्थ्य चौकी का नयाँ अनमी तारा वली , शिक्षक के . पी खडका , केवरी स्वास्थ्य चौकी सञ्चालन समितिका सदस्य कमान सिंह खड्का ,विभिन्न विद्यालयका शिक्षिका सँगै स्वयंम सेविका हरु को पनि उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रशिक्षक नरसिंह ओली ले
एच.पि.भी भाइरसलाई ह्युमन प्यापिलोमा भाइरस भनिन्छ । यो भाइरस पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक मानिन्छ ।
महिलाको पाठेघरको मुखमा हुने क्यान्सलाई पाठेघरकोको मुखको क्यान्सर भनिन्छ । यो रोगलाई सर्भाइकल क्यान्सर पनि भनिन्छ ।
यो क्यान्सर प्राय एच.पि.भी। भाइरसको संक्रमणबाट हुने गरेको स्वास्थ्यकर्मीहरुको भनाई छ । नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट ४ जना महिलाहरुको मृत्यु हुने अनुमान छ । तीमध्ये महिलाको मृत्यु हुनेको पहिलो कारण यो भाइसर देखिएको छ भने, क्यान्सरहरु मध्य पाठेघरको मुखको क्यान्सर दोस्रो कारण देखिन्छ सँगै यो रोग सर्ने र यो रोगबाट बच्ने सँग आधारित रहेर उहाँले प्रशिक्षण दिनुभयो
कार्यक्रमका सभाध्यक्ष वडा नम्बर ३ का वडाध्यक्ष खिमविक्रम चन्दले यस कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण व्यक्ति आआफ्नो ठाउँबाट लाग्न जरुरी भएको बताउनुभयो । कार्यक्रमको सहजीकरण प्रशिक्षक तथा स्वास्थ्य चौकीका इन्चार्ज नर्सिङ ओलीज्यूले गर्नुभएको थियो।