घोराही, २२ फागुन । पाण्डवेश्वर महादेव मन्दिर धारापानीले महाशिवरात्रीको अवसरमा आयोजना गरिएको महाशिवरात्री मेलाको आयव्यय सार्वजानिक गरेको छ । मन्दिर व्यवस्थापन समिति शुक्रवार बिहान मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरी आयव्यय सार्वजानिक गरेको हो ।
मन्दिर व्यवस्थापन समितिको अध्यक्ष गणेश कुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महाशिव रात्री अवसरमा भक्तजन तथा दर्शनार्थीहरु दुुईलाख ९२ हजार , रसिद सहयोग दुुईलाख १२ हजार ६० रुपैयाँ , बजार मेलाबाट एकलाख ९३ हजार र पार्किङ शुल्कबाट ७५ हजार ९सय ६० रुपैयाँ गरी जम्मा सातलाख ७३ हहजार २० रुपैयाँ आम्दानी संकलन भएको छ ।
आम्दानी मध्ये ३८ जना जोगी महाराजहरुलाई दान १९ हजार सातसय ५५, भजन मंडली दान १५ हजार, कर्मचारी पुुजारी दक्षिणाआठ हजार ५ सय, अतिथि सत्कार २१ हजार ६सय २५, भान्सा नास्ता खर्च ६५ हजार १० रुपैयाँ, ईन्धन खर्च ६हजार एकसय २० , भान्से खर्च १७ हजार , टेन्ट खर्च १६हजार पाँचसय , जेसिभी खचर्न ३५ हजार पाँचसय, विद्युत मर्मत ५ हजार तीनसय ६० , साउण्ड सिस्टम ३५ हजार, संचार खर्च २ हजार ,प्रचार प्रसार ९ हजार ब्यानर १ हजार ३सय ९० र त्रिशुल सलामी यातायात खर्च १२ हजार गरी जम्मा दुुईलाख ६९ हजार ७ सय ८० रुपैयाँ खर्च भएको मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुुराम आचार्यले जानकारी दिनुुभयो । महाशिवरात्री मेलाको ५ लाख ३ हजार , दुुईसय ४० रुपैयाँ मन्दिरले आम्दानी बचत गरेको छ ।
0