दाङको राजपुर गाउँपालिका – २ का १९ वर्षीय राजकुमार यादवलाई राप्तीको बाढीले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
लमही बजारमा दुध बेचेर घर फर्कने क्रममा लमही नगरपालिका – ७ हस्नापुर नजिकबाट राप्ती नदी तर्ने क्रममा उनी सहित ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादव पनि राप्तीमा पसेपछि राजकुमार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक राम बहादुर केसीले बताए।
दुई यादबलाई राप्ती बिचमा रहेको रुख समातेर अडिएकाे अवस्थामा नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका टाेलिले सकुशल उद्धार गरेको र राजकुमार भने अझै बेपत्ता रहेको प्रहरी उपरीक्षक केसीले बताए।
अहिले उनकाे इलाका प्रहरी कार्यालय अमिलिया र नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाकाे टाेलिले खाेजिरहेकाे भए पनि त्याे क्षेत्रमा अहिले पनि भारी वर्षा भइरहेको हुदा अलि अप्ठ्यारो भएको प्रहरी उपरीक्षक केसीले बताए।