राप्ती नदीमा बगेर बेपत्ता भएका दुइजनाको शव फेला परेको छ । शनिवार राप्ती नदीम आएको बाढीले लमही नगरपालिका वडा नम्बर ७ नयाँबस्ती निवासी ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका वडा नम्बर ८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए ।
आइतवार विहान बेपत्ता भएको स्थानदेखि करिब पाँचसय मिटर खोलाको बगरमा चौधरीको शव फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार विहान करिब साढे ९ बजे लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर घाटबाट राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादवको पनि आइतवार विहान हस्नापुर घाटदेखि करिब एकसय ५० मिटर पश्चिम तर्फ खोलाको बगरमा यादवको शव फेला परेको हो।