दाङ, १६भदौ । बराहक्षेत्र खानेपानी उपभोक्ता तथा सरसफाई समितिको चौथौ साधारणसभा तथा दोस्रो अधिवेशन शनिवार बनगाउँमा सम्पन्न भएको छ । अधिवेशनले समितिको अध्यक्षमा गोकर्ण गिरी र सचिवमा देउमन दमाई पुनः सर्वसम्मत निर्वाचित भएका छन् । जसको उपाध्यक्षमा ईन्द्रा बुढा , सह–सचिवमा अजय दर्लामी र कोषाध्यक्षमा हरिजोन घर्ती मगर सर्वसम्मत निर्वाचित गरिएको हो । त्यस्तै सदस्यहरुमा बिमल कुमार थापा, खुसीराम थारु, खिमबहादुर थापा, गायत्रा थापा, प्रेम बुढा, बिमला पुन मगर , शान्त कुमार बि.क. र अर्चना चौधरी रहेका छन् ।
समितिका अध्यक्ष गोकर्ण गिरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका उप–प्रमुख हुमा डिसीको प्रमुख आतिथ्यता एवं घोराही उपमहानगरपालिका वडा नं. १३ वडाध्यक्ष डुुल्लुराम पोख्रेलको र घोराही उपमहानगरपालिका वडा नं. १६ वडाध्यक्ष तारा डिसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुुख डिसीले खानेपानीको संरक्षण र उपभोगको अधिकार राज्य गम्भिर भएको बताउनु भएको थियो । पर्यावरण संरक्षण र पानी संरक्षणका लागि राज्य र उपभोक्ता बराबर जिम्मेवार बन्नुुपर्नेमा जोड दिनुुभयो । समितिका उपाध्यक्ष ईन्द्रा बुढाको स्वागमन्तव्यवाट सुुरु भएको कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १३ वडाध्उक्ष डुुल्लुुराम पोख्रेल, घोराही उपमहानगरपालिका वडडा नं. १६वडाध्यक्ष तारा डिसी, नेपाली काँग्रेस दाङका उपसभाापति कमानसिंह भारती, नगरउपसभापति दुुर्भल कुमार केसी, नेकपा एमालेका नेता तारा पुुरी, केशव गिरी, नेकपा माओवादी केन्द्रका नेता दयाजी रोका, अरुण नेपाली, मोहन घर्ती लगायतकाले, नेपाल पत्रकार महासंघ दाङका सदस्य गिरिराज नेपाली लगायतले शुुभकामना मन्तव्य व्यक्त गर्नुुभएको थियो ।

By Hari Kc

Leave a Reply

Your email address will not be published. Required fields are marked *